- विशेष खबर सोमबार १५, भदौ २०७७ ०६:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।
दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।
मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए । त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको हाे ।
प्रतिकृया दिनुहोस