२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

२४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु

- विशेष खबर सोमबार १५, भदौ २०७७ ०५:००

२४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु

काठमाडाैं ।  कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ ।

मृत्युहुनेमा महोत्तरीकी ४ वर्षीया बालिकासहित गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिला त्यसैगरी झापाका ८६ वर्षीय, रौटहटका ४० वर्षीय , चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीया पुरुषको कोरोना संक्रमणले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस