- विशेष खबर सोमबार १५, भदौ २०७७ ०४:३६
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा २ सय ९८ जना संक्रमित फेला परेको जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १९०, ललितपुर ६७ र भक्तपुरमा ४१ जना संक्रमित भएको बताए ।
आइतबार मात्रै उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण देखिएको थियो ।
प्रतिकृया दिनुहोस