२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

साेमबार थप ८ सय ९९ जनाका काेराेना संक्रमण पुष्टि

- विशेष खबर सोमबार १५, भदौ २०७७ ०४:३०

साेमबार थप ८ सय ९९  जनाका काेराेना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर ८ सय ९९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित काेभिड  १९ मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ११ हजार १ सय २९ जनाको पिसिआर परिक्षण गर्दा उक्त संख्याका संक्रमित थपिएका हुन्।

यीसहित सम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६०  पुगेको छ। हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ। आज देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस