२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

लद्दाखमा भारत र चीनका सैनिकबीच झडप

सोमबार १५, भदौ २०७७ १२:४०

लद्दाखमा भारत र चीनका सैनिकबीच झडप

काठमाडौं । लद्दाखमा भारत र चीनका सैनिकबीच झडप भएको छ । सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उत्साउने कदम चालेको, तर आफूहरु रोकेको भारतीय सेनाले बताएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका कर्नेल आमन आनन्दले भनेका छन्,'अगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेनाले पहिलाको सहमति अनुसारको यथास्थितिलाई परिवर्तन गर्न सैन्य उक्साहट गरेको थियो। जसलाई भारतीय सेनाले रोकेको छ।'

उनले चिनियाँ पक्षले उक्त क्षेत्रमा एकपक्षीय रूपमा तथ्यहरू परिवर्तन गर्न खोजेको पनि आरोप लगाएका छन्।

गत जुनमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको  झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।

उक्त घटनापछि दुई आणवीक शक्ति राष्ट्रहरूले विवादलाई थप अघि नबढाउन के गर्छन् भन्ने विश्वव्यापी चासो बनेको थियो।

यो झडप २९ अगष्टमा भएको थियो । यस विषयमा थप जानकारी भने आउन बाँकी छ ।


#भारत र चीन

प्रतिकृया दिनुहोस