२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

सोमबार १५, भदौ २०७७ १२:२०

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

एजेन्सी । कोरोना भाइरससंग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा संक्रमितहरु भेटिएका छन् । 

प्राप्त समाचार अनुसार पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का संक्रमित भेटिएका बताइएको हो । तर अधिकारीहरुले यो संख्या भने पहिलेको भन्दा कम भएको पनि बताएका छन् ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा ३६० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ३६० जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।

ब्राजिलमा अघिका दिनहरुको तुलनामा संक्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा यहाँ अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा पनि संक्रमण देखिएको थियो । संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ । 

संक्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८०० पुगेको छ । 

शनिबार मात्र पनि यहाँ ४० हजारजना भन्दा बढी संक्रमित भेटिएका थिए । त्यस्तै मृत्युको संख्या ७०० भन्दा पनि बढी थियो । 

त्यसको तुलनामा आइतबार कम देखिएको बताइएको छ । यहाँका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । यहाँ अमेरिकापछि धेरै संक्रमित देखिएका बताइएको  । 

ब्रालिज लामो समयदेखि नै अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा रहेको छ । अमेरिकामा कोरोना भाइरसका करिब ६० लाख मानिस संक्रमित पाइएका छन् ।
पछिल्लो समाचारमा अमेरिकामा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख ८३ हजार पुगेको बताइएको छ ।


प्रतिकृया दिनुहोस