सोमबार १५, भदौ २०७७ ०९:३८
काठमाडाैं । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका बाबुको निधन भएको छ।
१५ दिनदेखि अस्पतालमा उपचार गराइरहेका सरावगीका बुवा चिरञ्जीवीलाल सरावगीको गएराति ग्राण्डी अस्पतालमा निधन भएको परिवारका सदस्यले जनाएका छन्।
७८ वर्षीय उनकाे पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियो। उनलाई रक्तचाप तथा मिर्गौलासम्बन्धी समस्या थियो।
त्यसअघि साउन २२ गते कोरोना देखिएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।
प्रतिकृया दिनुहोस