२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

कोरोना संक्रमणबाट भक्तपुरमा थप एककाे मृत्यु

- विशेष खबर आइतबार १४, भदौ २०७७ ०६:२५

कोरोना संक्रमणबाट भक्तपुरमा थप एककाे मृत्यु

भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ ।

लोकन्थली स्थित समिट अस्पतालमा उपचारका क्रममा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ७७ वर्षका पुरुषको मृत्यु भएको हो

स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ११ गते समिट अस्पतालमा भर्ना गरिएका उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको आइतबार २ बजे मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए।।

वृद्ध दमका समेत रोगी रहेका थिए। उनको शव भने नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ।

 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस