- विशेष खबर आइतबार १४, भदौ २०७७ ०५:५३
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा गरी १० पुरुष र ४ महिलाको मृत्यु भएको जानकारी दिएको हो ।
मृत्यु हुनेमा सुनसरीकी - ७४ वर्षीया,बाराकी -४७ वर्षीया,महोत्तरीकी - ६२ वर्षीया काठमाडौंकी - ७२ वर्षीया महिला र सुनसरीका - ६० वर्षीय,मोरङका - ६२ वर्षीय,महोत्तरीका - ७० वर्षीय,महोत्तरीका - ३५ वर्षीय,रौतहटका - ३० वर्षीय, ललितपुरका -२९ वर्षीय ,भक्तपुरका - ६५ वर्षीय,नवलपरासी पूर्व - ६२ वर्षीय रुपन्देहीका - ५७ वर्षीय र रुपन्देहीका - ६७ वर्षीय पुरूस रहेकाे मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।
प्रतिकृया दिनुहोस