२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

भारतमा एकै दिन करिब ७९ हजार कोरोना संक्रमित थपिए

- विशेष खबर आइतबार १४, भदौ २०७७ ०५:१३

भारतमा एकै दिन करिब ७९ हजार कोरोना संक्रमित थपिए

एजेन्सी। भारतमा पछिल्लो २४ घण्टामा करिब ७९ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार मात्रै थप ७८ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकैदिनमा यति धेरै संख्यामा कुनै पनि देशमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । यसअघि गत जुलाई २५ मा अमेरिकामा एकै दिन ७८ हजार ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख ४२ हजार ७ सय ३३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ४८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ हजार ४ सय ९८ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ७६.६१ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ६४ हजार ९ सय ३५ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म २७ लाख १३ हजार ९ सय ३३ जना निको भएका छन् भने करिब ७ लाख ६५ हजार संक्रिय केस रहेका छन् ।

भारतमा पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढिरहेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर)का अनुसार शनिबार १० लाख ५५ हजार २७ नमुना परीक्षण भएको छ । भारतमा शनिबार साँझसम्म ४ करोड १४ लाख ६१ हजार ६ सय ३६ नमुना परीक्षण भएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस