२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

२४ घन्टायता १२ सय २१ जनामा कोरोना पुष्टि

- विशेष खबर आइतबार १४, भदौ २०७७ ०५:०३

२४ घन्टायता  १२ सय २१ जनामा कोरोना पुष्टि

काठमाडौं । आइतबार  मुलुकभर थप १२ सय २१  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड १९ प्रेस ब्रिफिङमापछिल्लो २४ घन्टामा १ हजार २ सय २१ संक्रमित फेला परेको जनाएको हो ।

प्रवक्ता डा.जागेश्वर गौतमले उत्यकामा ४ सय २९ जनामा संक्रमण भएको जानकारी दिए । संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

२४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको उनले बताए । उनका अनुसार आइतबारसम्म भने ६ लाख ८२ हजार ३ सय ४३ परीक्षण भएको छ ।

२४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् । निको हुनेको कुल संख्या भने २० हजार ८ सय २२ छन् । २४ घन्टाको अवधिमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले जनाए । १७ हजार ५ सय १८ उपचाररत छन् भने ७ हजार ७ सय ९७ क्‍वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।


#काेराेना

प्रतिकृया दिनुहोस