- विशेष खबर आइतबार १४, भदौ २०७७ ०१:२४
धरान । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् दुबै जनाकाे आइतबार मृत्यु भएको हाे।
प्रतिष्ठानका अनुसार धरान-१७ की ७४ वर्षीया वृद्धा र धरान-१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। उनीहरू आमा-छोरा हुन्।
वृद्दाको आइतबार बिहान साढे ८ बजे र पुरुषको बिहान ७:४५ मा मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ ।
उनका अनुसार वृद्धालाई आइतबार बिहान नै भर्ना गरिएको थियो। सापकोटाका अनुसार मधुमेह, उच्च रक्तचापकी बिरामी उनलाई अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या आएको थियो।
एक सातादेखि सो समस्या भएकी उनलाई गम्भीर अवस्थामा भर्ना गरिएको थियो।
मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस