- विशेष खबर आइतबार १४, भदौ २०७७ १०:५८
ललितपुर । पाटन अस्पताल ललितपुरमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शनिबार राति १० बजे ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको हो । उनी साउन २८ गते अस्पताल भर्ना भएका थिए
ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
यसअघि शुक्रबार र शनिबार नै गरी ललितपुरमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसहित ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
प्रतिकृया दिनुहोस