२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

वीरगञ्जमा एक युवकको कोरोना संक्रमणबाट मृत्यु

- विशेष खबर शनिबार १३, भदौ २०७७ ०८:३१

वीरगञ्जमा एक युवकको कोरोना संक्रमणबाट मृत्यु

वीरगन्ज ।  रौतहटका ३० वर्षीय युवकको कोरोना संक्रमणबाट वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

वीरगन्ज हेल्थ केयरमा भर्ना गर्ने क्रममा उनको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा भर्ना गरिएको गियो ।

मृतक युवकको शब अस्पतालमै राखिएको छ र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

शुक्रबार मात्र वीरगन्जमा एक जना महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

 


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस