२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो

शनिबार १३, भदौ २०७७ ०७:१७

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो

एजेन्सी । विश्वभर दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएकाे छ ।

डब्लुएचओका अनुसार शनिबारसम्म विश्वभरी कोरोना संक्रमणबाट आठ लाख ४१ हजार ६८१ जना मृत्यु भएको छ ।

शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार संक्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त भएका छन् । 

विश्वभरमा ६७ लाख ७६ हजार ७२० व्यक्तिकाे कोरोना उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  अमेरिकामा ६० लाख ९६ हजार ७५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८५ हजार ९६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३८ लाख १२ हजार ६०५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । ब्रजिलमा १ लाख १९ हजार ५९४ जनाको मृत्यु भएको छ ।  भारतमा  ३४ लाख ६८ हजार २७२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ६२ हजार ७५० जनाको मृत्यु भएको छ । 

रुस ३३ लाख ८५ हजार ३४६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भएको छ । पेरुमा  ६ लाख २९ हजार ९६१ जनामा कोरोना भाइरस संक्रमितका रहेको छन भने २८ हजार ४७१ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २० हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ७४३ जनाको मृत्यु भएको छ । कोलम्बिया ५ लाख ९० हजार ५२० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार ७६७ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ५ लाख ८५ हजार ७३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६३ हजार १४६ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ५५ हजार ६२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ । 

चिलीमा ४ लाख ५ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार १३२ जनाको मृत्यु भएको छ । 


#विश्वभर काेराेना संक्रमण

प्रतिकृया दिनुहोस