- विशेष खबर शनिबार १३, भदौ २०७७ ०४:५६
काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लाे २४ घन्टामा तीन महिला र ९ पुरुष गरि १२ जनाकाे मृत्यु भएकाे बताएका हुन् ।
मृत्यु हुनेमा काठमाडौं, ललितपुर, भक्तपुरका र पर्साका २/२ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रतिकृया दिनुहोस