२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३७ हजार नाघ्यो

- विशेष खबर शनिबार १३, भदौ २०७७ ०४:३५

थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३७ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५१६ जनाको पिसिआर गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएकाे हाे ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको जनाए ।

यस्तै पछिल्लाे २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। हालसम्म २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्।

हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना संक्रमित थपिएका छन् । काठमाडाैंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी गराएको हो ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस