२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

अरिंगालको टोकाइबाट बालकको मृत्यु

शनिबार १३, भदौ २०७७ ०३:०५

अरिंगालको टोकाइबाट बालकको मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति  एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौकुने–६ का  सात वर्षीय बालक  खगेन्द्र बयक रहेका छन् ।  समयमै उपचार नहुँदा उनको शुक्रबार राति ९ बजे बाटोमै मृत्यु भएको हो । बालक घर नजीकै माथिल्लो भावरको नजीक रातीमाटे डाँडामा आफ्ना साथीहरुका साथमा गाई–गोरु चराउन गएका थिए ।

दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी  हतारहतार घरमा फर्किएका थिए । घरमा फर्किएपछि बयकलाई घरेलु उपचार गर्दागर्दै बेहोस भएका थिए । त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । 

गुटुमा रहेको स्वास्थ्य चौकी लैजाने क्रममा बालकको मृत्यु भएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिए।  बयक स्थानीय जीवन ज्योति मावि कक्षा १ मा अध्ययरत थिए ।


प्रतिकृया दिनुहोस