२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

चितवन र कास्कीमा थप एक/एक काेराेना संक्रमितको मृत्यु

- विशेष खबर शनिबार १३, भदौ २०७७ ०२:१६

चितवन र कास्कीमा थप एक/एक काेराेना संक्रमितको मृत्यु

काठमाडाैं । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।

मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

यस्तै कोरोना भाइरसको संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ ।

पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।


#कोरोना संक्रमणका कारण मृत्यु

प्रतिकृया दिनुहोस