२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

पाटन अस्पताल ललितपुरमा २ जना काेराेना संक्रमितकाे मृत्यु

- विशेष खबर शनिबार १३, भदौ २०७७ १२:०२

पाटन अस्पताल ललितपुरमा २ जना काेराेना संक्रमितकाे मृत्यु

ललितपुर । पाटन अस्पताल ललितपुरमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शुक्रबार राति काठमाडौंकी एक जना  र शनिबार बिहान भक्तपुरकी एक गरी दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीया महिलाको शुक्रबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

त्यस्तै भदौ ८ गतेदेखि पाटन अस्पतालमा भर्ना भई उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान ६ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो ।


प्रतिकृया दिनुहोस