२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

वीरगन्जमा कोरोना बाट थप ३ जनाको मृत्यु

- विशेष खबर शनिबार १३, भदौ २०७७ ०९:३७

वीरगन्जमा कोरोना बाट थप ३ जनाको मृत्यु

वीरगन्ज । एक महिलासहित वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको थियो । सिकिस्त बिरामी रहेका उनको काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको डा.चौरसियाले जानकारी दिए ।

त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको डा.चौरसियाले बताए । हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी रहेका ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका थिए ।

यसैगरी शुक्रबार साँझ साढे ५ बजेको समयमा वीगन्ज–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । डा.चौरसियाका अनुसार उच्च रक्तचापको समस्याबाट पीडित ती महिलामा वाइड जिन एक्स्पर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।


#कोरोना संक्रमितको मृत्यु

प्रतिकृया दिनुहोस