२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

प्रदेश १ र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

शनिबार १३, भदौ २०७७ ०८:३९

प्रदेश १ र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । शनिबार देशभर सामान्यतया बदली रही केही स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन सचेत गराएको छ । 

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएकाे छ । साथै भारतको  मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने जनाएको छ ।


#माैसम

प्रतिकृया दिनुहोस