२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

थप ३ अस्पताललाई कोभिड विशेष अस्पताल बनाइने

- विशेष खबर शुक्रबार १२, भदौ २०७७ ०६:२७

थप ३ अस्पताललाई कोभिड विशेष अस्पताल बनाइने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ वटा अस्पताललाई कोभिड १९ को उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ ।

पर्सा वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा तोकिएको हो । 

यसअघि मन्त्रालयले ११५ वटा अस्पतालले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने र ४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले केन्द्रीय अस्पतालमा १ हजार बेड, प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ बेड तथा स्थानीय पालिका तहमा हरेक पालिकामा ५ बेडको अस्पतालको दरले ३ हजार ४५ बेड थप गरिएको जनाएको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस