२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

चितवनमा एकसाता थपियाे निषेधाज्ञा अवधि

- विशेष खबर शुक्रबार १२, भदौ २०७७ ०५:५४

चितवनमा एकसाता थपियाे निषेधाज्ञा अवधि
फाइल तस्बिर ।

चितवन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । यसअघि लागू भएको निषेधाज्ञा आज(शुक्रबार)मध्ये रातिबाट सकिँदै थियो ।

चितवन जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना निकालेर एकसाता निषेधाज्ञा लम्बिएको जानकारी दिएको हो । अरु व्यवस्था पहिलेकोझैं भएपनि सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि केही खुकुलो व्यवस्था भएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोना संक्रमणको जोखिम कम भई नसकेका कारण मानिसहरुको आवतजावत र जमघटमा नियन्त्रण गर्न निषेधाज्ञालाई भदौ १९ गते राति १२ बजेसम्म निरन्तरता दिएको बताएका छन् ।

निषेधाज्ञाको समयमा विहान ५ देखि ८ बजे र बेलुका ६ देखि ८ बजेसम्म अत्यावश्यक खाद्य सामग्री किन्न नजिकको पसलमा पैदल हिँडेर जान मात्र पाइनेछ ।

लामो दूरीका मालबाहक ढुवानीाक साधन, दमकल, एम्बुलेन्स, शववाहन, तरकारी, कृषि व्यवसायका लागि प्रयोग हुने सवारी साधन, खानेपानी, दूध, इन्धन, ढुवानीका साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीको सवारी साधन सञ्चालन हुन पाउनेछन् ।


#निषेधाज्ञा

प्रतिकृया दिनुहोस