- विशेष खबर शुक्रबार १२, भदौ २०७७ ०५:०५
काठमाडाैं । कोरोना संक्रमणबाट पछिल्लाे २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार १२ जनाकाे मृत्यु भएकाे बताएकाे हाे ।
मृत्यु हुनेहरुमा मोरङका ५६ वर्षीया र ६५ वर्षीया, भक्तपुरकी ६३ वर्षीया र मकवानुपरकी ७१ वर्षीया रहेका छन् ।
त्यसैगरी उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीया पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
यस्तै पछिल्लाे २४ घन्टामा थप ९सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
प्रतिकृया दिनुहोस