२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

थप ९ सय २७ जनामा काेराेना संक्रमण,संक्रमित संख्या ३६ हजार नाघ्याे

- विशेष खबर शुक्रबार १२, भदौ २०७७ ०४:३१

थप ९ सय २७ जनामा काेराेना संक्रमण,संक्रमित संख्या ३६ हजार नाघ्याे

काठमाडाैं । पछिल्लाे  २४ घन्टामा थप ९सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ  ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १० हजार २ सय २९ जनाको पिसिआर परिक्षण गर्दा सो संख्याका संक्रमण पुष्टि भएकाे हाे ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन्।

हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर गरिएको छ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस