२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पछिल्लाे २४ घण्टामा थप १ हजार १११  जनामा काेराेना संक्रमण पुष्टि

- विशेष खबर बिहिबार ११, भदौ २०७७ ०४:२६

पछिल्लाे २४ घण्टामा थप १ हजार १११  जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर थप १ हजार १११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पिसिआर परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएकाे हाे।

बिहिबार थपिएका सहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।

विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। 

हालसम्म  ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस