२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

भारतमा काेराेना संक्रमितको संख्या ३३ लाख नाघ्याे

बिहिबार ११, भदौ २०७७ ०१:५५

भारतमा काेराेना संक्रमितको संख्या  ३३ लाख नाघ्याे

नयाँदिल्ली । भारतमा पछिल्लो एकै दिन कोरोना भाइरसका ७५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एक दिनमै यति धेरै संक्रमित थपिएको पहिलो पटक हो । बुधबार थपिएका ७५ हजार ६ सय ७० संक्रमितसँगै भारतमा संक्रमितको संख्या ३३ लाख नाघेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार बिहानसम्ममा ३३ लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमित हुनेमध्ये २५ लाखभन्दा बढी निको समेत भइसकेका छन् ।

त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६० हजार ४७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामै संक्रमणका कारण १ हजार २३ जनाले ज्यान गुमाएका छन् ।

भारत विश्वका कोरोना भाइरसले संक्रमित मुलुकहरुमध्ये अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । त्यसैगरी कोरोना संक्रमणबाट बढी मृत्यु हुने मुलुकहरुमा भने भारत अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

बुधबारसम्म संक्रमणबाट बढी मृत्यु हुने मुलुकमा मेक्सिको तेस्रो स्थाानमा रहेको छ । तर, पछिल्ला दिनमा भइरहेको संक्रमणलाई हेर्दा भारतले चाँडै नै ब्राजिललाई उछिन्ने देखिन्छ 


#कोरोना भाइरस संक्रमण

प्रतिकृया दिनुहोस