२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

कर्णाली प्रादेशिक अस्पतालका ६ चिकित्सकमा संक्रमण,  ओपिडी सेवा बन्द

बिहिबार ११, भदौ २०७७ ०७:५३

कर्णाली प्रादेशिक अस्पतालका ६ चिकित्सकमा संक्रमण,  ओपिडी सेवा बन्द

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताए ।

हाल  कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले एक साताका लागि ओपिडी सेवा बन्द गरेको छ । एक सातापछि अवस्था हेरेर अर्को निर्णय गरिने निर्देशक खड्काको भनाइ छ  ।

यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरू निकाे भएर कामा फर्किसकेका छन् । 


#काेराेना

प्रतिकृया दिनुहोस