- विशेष खबर बुधबार १०, भदौ २०७७ ०९:४९
झापा । झापा गाउँपालिका– ३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागी घाइते भएका रमिफुन आलमको मृत्यु भएको छ ।
झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरका बताए ।
स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको थियो।
स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ। गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो।
उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएका थिए।
सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोलीले आठ राउन्ड गोली चलाएको थियो।
प्रहरीले भने आलमको मृत्युबारे आधिकारिक जानकारी दिएको छैन।
प्रतिकृया दिनुहोस