२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

भारतमा कोरोना संक्रमितकाे संख्या ३२ लाख नाघ्यो

- विशेष खबर बुधबार १०, भदौ २०७७ ०८:२७

भारतमा कोरोना संक्रमितकाे संख्या ३२ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ लाख नाघेको छ ।

पछिल्लाे २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ५९ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३२ लाख ३४ हजार ४७५ पुगेको छ । ती मध्ये हाल सात लाख ७ हजार २६७ जनामा हाल पनि संक्रमित अवस्था रहेका छन् । 

हाल संक्रमित अवस्थामा रहेका ती व्यक्तिहरुको शाररिक अवस्था अनुसार अस्पताल र घरमा  क्वारेन्टाइनमा बसेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

हालसम्म भारतमा २४ लाख ६७ हजार ७५९ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।

कोरोना संक्रमणबाट ५९ हजार ४४९ जनाको मृत्यु भएको छ ।  भारतको महाराष्ट्र राज्यमा १ लाख ६६ हजार २३९ कोरोना पोजेटिभ अवस्थामा रहेका छन् ।  

भारतको अरु राज्यमा तुलना महाराष्ट्र सब भन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ । 
 


#कोरोना संक्रमित

प्रतिकृया दिनुहोस