- विशेष खबर बुधबार १०, भदौ २०७७ ०६:५३
काठमाडाैं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले असार २५ र साउन ३० गते गएको बाढी-पहिरोबाट अभिभावक गुमाएर विद्यालय जान नसक्ने अवस्थामा पुगेका आठजना बालबालिकाको पठनपाठनको जिम्मेवारी लिएका छन् ।
नेता बस्नेतले असार २५ गते सिन्धुपाल्चोकको जम्बु र साउन ३० गते लिदीमा गएको पहिरोबाट प्रभावित आठजना बालबालिकाको पठनपाठनको जिम्मा लिएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको प्रमुखसमेत रहनुभएका बस्नेतले यसै शैक्षिकसत्रदेखि काठमाडौं उपत्यकाभित्र रहेका स्कुलको होस्टेलमा राखेर उनीहरुको पठनपाठनको व्यवस्थाको जिम्मा लिएको जानकारी दिए ।
गत साउन ३० गते जुगल गाँउपालिका–२ स्थित लिदी गाँउमा आएको पहिरोमा ३९ व्यक्ति बेपत्ता भएकोमा हालसम्म ३२ जनाको शव प्राप्त भएको छ । पहिरोबाट स्मारिका, सविता, दुर्गा, कविता, अनिता, कान्छी, नाम नखुलेको साङबहादुर दोङ्गकी छोरी गरी सात जनाले अभिभावक गुमाएका थिए ।
प्रतिकृया दिनुहोस