२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

सामान्य लक्षण भएका संक्रमितलाई १४ दिनपछि अनिवार्य डिस्चार्ज गर्नुः स्वास्थ्य मन्त्रालय

- विशेष खबर बुधबार १०, भदौ २०७७ ०६:२८

सामान्य लक्षण भएका संक्रमितलाई १४ दिनपछि अनिवार्य डिस्चार्ज गर्नुः स्वास्थ्य मन्त्रालय

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका काेराेना अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई १४ दिनपछि अनिवार्य डिस्चार्ज गर्न निर्देशन दिएको छ । 

बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै प्रदेशका सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पतालहरूलाई परिपत्र गरेर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन दिइएको जानकारी दिएका हुन् ।

मन्त्रालयले सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न पनि अस्पताललाई निर्देशन दिएको छ ।

पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकालाई थप चार दिन अस्पतालमा राख्नुपर्ने र, १४ औं दिनको दिन पीसीआर परिक्षण नगरी डिस्चार्ज गर्नुपर्नेछ । यदी रिपोर्ट नेगेटिभ आए १० औं दिनमै होम आइसोलेनसमा बस्ने गरी घर पठाउन पनि मन्त्रालयले भनेको छ ।

प्रवक्ता गौतमले १४ दिन भन्दा बढी समय अस्पतालमा राखेमा त्यसको खर्च सरकारले नव्यहाेर्ने बताए । अहिलेसम्म कोरोना संक्रमितको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्दै आएको छ।

पछिल्लो समय भने संक्रमितको संख्या बढेका कारण अस्पतालहरूमा बेड अभाव हुने भन्दै सरकारले लक्षणविहीन र सामान्य लक्षणका संक्रमितलाई सकेसम्म होम आइसोलेसनमा बस्न भनेको छ।


#स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस