- विशेष खबर बुधबार १०, भदौ २०७७ ०४:३९
काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा एकैदिन यतिधरै संक्रमित देखिएकाे पहिलाे पटक हाे ।
यस्तै पछिल्लो २४ घन्टामा देशभर ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस