२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पछिल्लाे २४ घन्टामा ८८५ जनामा काेराेना संक्रमण पुष्टि,थप ११ जनाकाे मृत्यु

- विशेष खबर बुधबार १०, भदौ २०७७ ०४:३२

पछिल्लाे २४ घन्टामा ८८५ जनामा काेराेना संक्रमण पुष्टि,थप ११ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा नेपालमा थप ८८५ जना कोरोना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घन्टामा १३ हजार २ सय ५३ जनाको पिसिआर परिक्षण गर्दा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

२४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन् ।

हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । 

यस्तै पछिल्लाे २४ घन्टामा काेराेना संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएकाे छ । मृतकमा २ जना महिला र ९ पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस