बुधबार १०, भदौ २०७७ ०३:२०
काठमाडाैं । बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का गएकाे भएको छ।
बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रेक्टर स्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।
यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिकृया दिनुहोस