२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

दुर्घटनामा माले महासचिव मैनालीसहित ५ घाइते

बिहिबार १५, फागुन २०७६ ०२:३१

दुर्घटनामा माले महासचिव मैनालीसहित ५  घाइते

काठमाडाैं, पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माले) महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा महासचिव मैनाली गम्भीर घाइते भएका छन् । मैनालीको टाउकोमा गहिरो चोट लागेको र दाहिने खुट्टा भाँचिएको छ ।

बीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा महासचिव मैनालीका छोरा, बुहारी, नाती र चालक गरी पाँच जना घाइते भएका छन् ।

झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मैनाली परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुंगाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

दुर्घटनामा मैनाली र बुहारी पूजा सख्त घाइते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईंले बताए । उनको बुहारीका दुवै खुट्टा भाँचिएको छ । घाइतेहरुलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।


#दुर्घटना

प्रतिकृया दिनुहोस