२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

सेती अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

बुधबार १०, भदौ २०७७ १०:१२

सेती अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
फाइल तस्बिर

धनगढी। कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिकाका ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ ।

मंगलबार कैलालीको बर्दगोरीयामा मृत्यु भएको १० दिनपछि एक पुरुषमा कोरोना पुष्टि भएको थियो ।


प्रतिकृया दिनुहोस