२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

बाँकेमा कोरोनाबाट ३७ वर्षीय युवकको मृत्यु

बुधबार १०, भदौ २०७७ ०८:०३

बाँकेमा कोरोनाबाट ३७ वर्षीय युवकको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट मंगलबार राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ ।

दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा हिजो संक्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै मंगलबार राति १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोतव्यक्ति श्रेष्ठले बताए । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको परिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका–५ कीा२५ वर्षीय युवक, बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिला र नेपालगञ्ज–५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस