२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

कर्णालीमा बगेर दुई बालक बेपत्ता

- विशेष खबर मङ्गलबार ०९, भदौ २०७७ ०७:०४

कर्णालीमा बगेर दुई बालक बेपत्ता

दैलेख । कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन्  । 

बगेर बेपत्ता हुनेमा १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।
 
कर्णाली नदीमा बगेर बेपत्ताको खोजीका लागि राकम कर्णाली ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए ।


#दुर्घटना

प्रतिकृया दिनुहोस