२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

उपत्यकामा २३२ सहित थप ८ सय ५५ जनामा काेराेना संक्रमण पुष्टि

- विशेष खबर मङ्गलबार ०९, भदौ २०७७ ०४:३५

उपत्यकामा २३२ सहित थप ८ सय ५५ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं। पछिल्लाे २४ घन्टामा उपत्यकामा २३२ सहित देशभर थप ८ सय ५५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण गर्दा  उक्त संख्याका संक्रमण पुष्टि भएकाे हाे ।

मगंलबार थपिएका सहित हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।

विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।

यीसहित हालसम्म १९ हजार १ सय १९ जना कोरोनाबाट निको भएका छन्।

यस्तै काठमाडौं उपत्यकामा काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस