२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

जुम्लामा चट्याङलागेर पाँच सय भेंडा मरे

- विशेष खबर मङ्गलबार ०९, भदौ २०७७ ०२:५३

जुम्लामा चट्याङलागेर पाँच सय भेंडा मरे

सुर्खेत। जुम्लामा चट्याङलागेर करिब पाँच सय भेंडा मरेका छन् । जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब पाँच सय भेंडा मरेका हुन् ।

बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ लागेर व्यवसायी विष्णु बुढा, जयबहादुर बोहोराका भेंडा मरेका हुन् ।

पातारासी ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार  घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको यकिन विवरण भने आएकाे छैन् ।

चरन क्षेत्रमा परेको चट्याङबाट गाउँपालिकाका भेंडापालक किसानको पुख्र्यौली पेशालाईनै  बज्रपात परेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए । पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेकै भेंडापालन हो ।

बुढथापाले भने,'सबै भेंडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुश्किल पर्ने अवस्था आएको छ ।' 


#चट्याङ

प्रतिकृया दिनुहोस