- विशेष खबर मङ्गलबार ०९, भदौ २०७७ ११:३९
दार्चुला । ब्यास गाँउपालिका ३ तुसरपानीका पहिरो पीडितलाई गाँउपालिकाले राहत उपलब्ध गराएको छ । गत साउन १९ गते गाँउको माथिबाट खसेको पहिरोले तुसरपानीका २९ घरपरिवार प्रभावित भएका थिए ।
उक्त पहिरोबाट मानबीय क्षति नभए पनि पहिरोले पुरै गाँउनै जोखिममा परेको छ । जोखिम बढेपछि स्थानीय गाँउको विद्यालयमा सरेका छन् । बुधबार गाँउपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकी र गाउपालिका निमित्त प्रमुख प्रसाशकीय अधिकृत शेखर चन्द्र ओझाको टोली स्थलगत निरीक्षणका लागि गएको थियो ।
जोखिममा रहेको गाउको स्थलगत निरीक्षण गरी प्रभावित घरधुरीलाई गाँउपालिकाको खरमुक्त ब्यास कार्यक्रम अन्तर्गतको जस्तापाता र धुवाँमुक्त कार्यक्रम अन्तर्गतका ग्यास सिलिण्डरहरु वितरण गरिएको छ ।
पहिरोको त्रासमा बसिरहेका जनताको बस्तीमा पुगी गाउपालिका अध्यक्ष बुढाथोकीले स्थानीयको पिडा महसुश गरी तत्काल राहत उपलब्ध गराएको बताए ।
पहिरो पिडितहरुले राहत पाएपछि स्थानीय सरकारको आभास भएको प्रतिक्रिया दिएका छन् । स्थानीय रमेश डडालका अनुसार गाँउको तलबाट कटान भईरहेको छ । माथिबाट पहिरो खसेको छ । यस्तो विपतिको बेला सरकारले हेनुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस