२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

नेप्से २१ अकंले वढ्याे

- विशेष खबर सोमबार ०८, भदौ २०७७ ०५:४१

नेप्से २१ अकंले वढ्याे

काठमाडाैं । आइतबार दोहोरो अकंले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले आज २१ अकंले वढेकाे छ । साेमबार कारोबार रकम समेत बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २१.२६ बिन्दुले बढेर १४३१.६० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५९ ले बढेर २९३.१४ मा पुगेको छ । कूल १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर रु २ अर्ब १३ करोड ९२ लाख दुई हजार ७५ बराबरको कारोबार भयो । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । हाेटल उपसमूह १.४३ ले घटदा बैंकिङ १६.०८, व्यापार १३.७३, विकास बैंक १७.१६, जलविद्युत् ७.२२, वित्त ३.७, निर्जीवन बीमा १२८.६९, उत्पादन ६४.९१, अन्य १२.३६, लघुवित्त ५५.७३, जीवन बीमा १६२.८७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा आज पुनरबीमा कम्पनीको शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड ६० लाख ४० हजार ९७५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

यसैगरी नेको इन्स्योरेन्स कम्पनी रु १२ करोड ९९ लाख २१ हजार ५१६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड १८ लाख चार हजार ३६९, ग्लोबल आइएमइ बैंक रु ११ करोड ८० लाख २६ हजार ९६६, नेपाल बैंक लिमिटेड रु आठ करोड २७ लाख ८८ हजार ५२६, शिवम् सिमेन्ट रु सात करोड ३८ लाख २२ हजार १३७ र प्रभु इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ९५ लाख ४८ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कर्पोरेट डेभलपमेन्ट बैंक ६.९०, खानीखोला हाइड्रोपावर ६.२५, आरएमडिसी लघुवित्त ५.५०, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५.०८  प्रतिशतले कमाए । यस्तै छ्याङदी हाइड्रोपावर २.२५, श्री इन्भेस्टमेन्ट फाइनान्स १.९७, मल्टीपर्पस फाइनान्स कम्पनी १.८५, प्रोगेसिभ फाइनान्स कम्पनी १.८५ र राधी बिद्युत  कम्पनीका शेयरधनीले १.८५ प्रतिशतले गुमाए ।


#नेपाल स्टक एक्सचेञ्ज

प्रतिकृया दिनुहोस