२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

उपत्यकामा २२४ सहित देशभर थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर सोमबार ०८, भदौ २०७७ ०४:३४

उपत्यकामा २२४ सहित देशभर थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा २२४ सहित पछिल्लो २४ घन्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले साेमबार आयोजना गरेको नियमित कोबिड १९ मिडिया ब्रिफिङमा मन्त्रलयका प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको बताएका छन् ।

२४ घन्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । पछिल्लाे २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यसरी मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला,रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस