- विशेष खबर सोमबार ०८, भदौ २०७७ ०३:२२
काठमाडाैं । डोल्पाको ठूलीभेरी नगरपालिकामा जंगली च्याउ खाएर ४ जना बिरामी भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज ल्याइएकाे छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार गोठाला गएका सत्यबहादुर शाही, कमलजंग शाही, उत्तम शाही र सूर्यबहादुर शाहीले आइतबार साँझ च्याउ खाएका थिए ।
बिहान ७ बजे बिरामी भएको खबर भएपछि स्थानीय तहको समन्वयमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएर नेपालगन्जमा उपचार भइरहेकाे बताए । चारैजनाको अवस्था गम्भीर रहेकाे छ ।
प्रतिकृया दिनुहोस