२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

हेटौंडामा जारी निषेधाज्ञा एकसाता थपियाे

- विशेष खबर सोमबार ०८, भदौ २०७७ १२:५९

हेटौंडामा जारी निषेधाज्ञा एकसाता थपियाे

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा जारी निषेधाज्ञा एकसाता अर्थात भदौ १५ गतेसम्म थपिएकाे छ।

सोमबार हेटौंडामा बसेकाे कोभिड-१९ विपद व्यवस्थापन केन्द्रको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। साउन २६ गतेबाट सुरू भएको निषेधज्ञा भदौ ९ मंगलबार सकिँदै थियो।

सोमबारको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी राख्ने निर्णय गरेको बताइएकाे छ ।


प्रतिकृया दिनुहोस