२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

भक्तपुरमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

- विशेष खबर सोमबार ०८, भदौ २०७७ १२:२०

भक्तपुरमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

भक्तपुर। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । 

मिर्गौला पीडित ती पुरुषलाई डायलाइसिस गर्न आइतबार बिहान अस्पताल ल्याएको र उपचारकै क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस