२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

उपत्यकाका खाद्यान्न लगायतका अत्यावश्यक वस्तुका पसल बिहान ९:१५ बजेसम्म मात्र खाेल्न पाइने

- विशेष खबर आइतबार ०७, भदौ २०७७ ०७:४५

उपत्यकाका खाद्यान्न लगायतका अत्यावश्यक वस्तुका पसल बिहान ९:१५ बजेसम्म मात्र खाेल्न पाइने
फाइल तस्बिर ।

काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन जिल्लामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय निर्धारण गरिएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा निधारण गरेका हुन् । 

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार सूचना जारी गर्दै अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान ९:१५ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरेका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले सो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

यो व्यवस्था लागू गर्नका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिइएको उनले बताए।

दाहालका अनुसार यस्तो समय यसअघि ८ बजेको समय तोकिएको थियो।  तर  औषधि पसल भने दिनभर सञ्चालन हुन पाउने छन्।


#निषेधाज्ञा

प्रतिकृया दिनुहोस