२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

६ जिल्लामा निषेधाज्ञा अवधि थपियाे

- विशेष खबर आइतबार ०७, भदौ २०७७ ०६:१८

६ जिल्लामा निषेधाज्ञा अवधि थपियाे
फाइल तस्बिर ।

काठमाडौ । निषेधाज्ञा जारी गरीएका कास्की,धनुषा,सर्लाही,कपिलवस्तु,रुपन्देही र सुनसरीमा निषेधाज्ञाकाे समयावधि थप गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो । जारी निषेधाज्ञालाई १२ गतेसम्म लम्ब्याइएको हो । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सेवा रोक र हिडडुलमा समेत प्रतिबन्ध लगाइएको छ । 

त्यस्तै आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बठैकले धनुषामा जारी निषेधाज्ञा भदौ १४ गतेसम्म बढाउने निर्णय गरेको छ । यसअघि भदौ ७ गतेसिम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएपनि कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले निषेधाज्ञा जारी गर्ने निर्णय भएको एक अधिकारीले बताए । यसअघि जनकपुरधाममा १९ साउनदेखि २५ साउनसम्म र २६ साउनदेखि ३२ साउनसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

यस्तै सर्लाहीमा निषेधाज्ञाको समयावधि एक साताका थप गरिएको छ । आगामी भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा समायावधि थपिएकाे छ । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि निषेधाज्ञाको म्याद थप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

यस्तै कपिलवस्तुमा जारी निषेधाज्ञा पनि थप ८ दिन लम्बिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे छ । यसअघि  भदौ ७ सम्मका निषेधाज्ञा जारी गरिएको  थियो ।

यस्तै रुपन्देहीमा कोरोना संक्रमण बढेपछि एक हप्ताको लागि लकडाउन थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्रको आइतबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि भदौ १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

यस्तै सुनसरी जिल्ला विपद् व्यवस्थापन र जिल्ला प्रशासनले कोरोना महामारी फैलनबाट रोक्न आज आइतबारदेखि लागू हुनेगरी थप ७ दिन अर्थात भदौ १४ सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त अवधिभर अत्यावश्यक कामबाहेक मानिसहरुको आवतजावत तथा हिँडडुल गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले बताए ।


#निषेधाज्ञा

प्रतिकृया दिनुहोस